नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा भिडभाड र भेला सम्मेलन गर्न रोक

ओखलढुङ्गान्युज, चैत १२, २०७७ ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले ओखलढुङ्गामा भिडभाड गरि कुनै पनि चाडबाड मनाउन तथा कार्यक्रम गर्न रोक लगाएको छ । आउदै गरेको होली पर्वमा समेत सामाजिक दुरी कायम गरेर मात्रै मनाउन आग्रह गरेको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले गृह मनन्त्रालयको पत्रअनुसार ओखलढुङ्गामा पनि भिडभाड गर्नमा रोक लगाउने निर्णय गरेको हो । छिमेकी मूलुक भारतमा पछिल्लो दिनमा कोरोना संक्रमण थप क्रियाशिल भएर संक्रमण दर र मृत्यु दर बढ्दै गएको समाचारहरु प्रकाशन तथा प्रशारण भैरहेका छन् ।

त्यसैलाई मध्यनजर गर्दै चैत ९ गते गृह मन्त्रालयले सबै ७७ ओटै जिल्लाहरुलाई पत्राचार गरि सबै किसिमका बैठक, सेमिनार, गोष्ठि भर्चुअलवाट गर्न, चाडवाड तथा कार्यक्रमको नाममा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न तथा स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण रुपमा पालना गराउन निर्देशन जारी गरेको थियो ।

गृह मन्त्रालयको निर्देशन अनुसार बुधबार बसेको जिल्ला संकट व्यबस्थापनको केन्द्रको निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशन गर्दै सबैलाई स्वास्थ्य सम्बन्धिको सजकता अपनाउन अनुरोध गरेको हो ।