नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नयाँ वर्ष २०७८ मा सार्वजनिक विदाको दिन थपियो

ओखलढुङ्गान्युज, चैत १०, २०७७ काठमाण्डौं नेपाल सरकारले नयाँ वर्ष २०७८ मा सार्वजनिक विदालाई थप गरेको छ । आउदै गरेको नयाँ वर्ष २०७८ सालको विदाको सूचि सार्वजनिक गर्दै सार्वजनिक विदा थप गरेको जनाएको हो ।

शोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७८ सालमा पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ भने यस अगाडी कटौती भएका केही पर्वमासमेत बिदा दिने जनाएको छ ।

प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा हुनेछ । त्यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

सूचना अनुसार किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमा, गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसार लगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ ।

त्यसैगरि महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा तीन दिन हुने भएको छ ।

राजपत्रमा जारी भएको विदाको सूचना