नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

जापानमा शनिवार शक्तिशाली भूकम्प

ओखलढुङ्गान्युज, चैत ८, २०७७ । काठमाण्डौं । शनिवार जापानमा शक्तिशाल भूकम्प गएको छ । भूकम्पका कारण जापानको सामुद्रिक तटिय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी दिईएको छ भने तटिय क्षेत्रमा बसोवास गर्नेहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

सुरुमा जापानमा गएको भूकम्प ७.२ रेक्टरको बताईए पनि जापानको मौसम विज्ञान निकायले भने शनिवार गएको भूकम्प ६.९ रेक्टरको रहेको पुष्टि भएको जनाएको छ । भूकम्पका कारण तत्काल कुनै मानविय क्षति भने नभएको जापानी अधिकारीहरुले जनाएका छन् । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको भएपनि सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

जापानमा स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेर ९ मिनेट जाँदा भूकम्प गएको महशुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ ।

भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।