नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

ओखलढुङ्गामा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड  

ओखलढुङ्गान्युज, फागुन २५, २०७७ ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ओखलढुङ्गा सदरमुकाममा रहेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) लेखेको बोर्ड राखेको छ । सदरमुकामको हुलाकडाँडा नजिकै जिल्ला प्रशासन कार्यालय जाने रोडमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानको भवनमा एमालेको वोर्ड राखिएको हो ।

आईतबार सर्वोच्च अदालतले गरेको फैसलापछि मंगलबार साविकको एमालेले ओखलढुघामा रहेको पार्टी कार्यालयको भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा (एलाले)को बोर्ड राखेको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी वीचको एकतापछि बनेको साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उक्त भवनबाट आफ्नो कामकाज गर्दै आएको थियो ।

गत पुष ५ मा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले असंबैधानीक कदम चालेसँगै माधव–प्रचण्ड समूहको बाहुल्यता रहेको ओखलढुङ्गाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । कार्यालयमा लगाईएको तालालाई मंगलबार नै दुवैपक्षको सहमतीमा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्मन्त्री अम्बिरबाबु गुरुङले खोलेका छन् ।

साविकको नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेले बोर्ड राखेर कार्यालयको काम गर्न थालेपछि अब नेकपा माओवादी केन्द्रले पनि छुट्टै सम्पर्क कार्यालयको स्थापना गरि कामकाज सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान गर्दै अदालतको फैसला अनुसार नै छुट्टै कार्यालय स्थापना गरि काम सञ्चालन गरिने प्रदेश नं. १ अर्थसमितिका सभापति एवम् प्रदेश सभा सदस्य मोहन कुमार खड्का हिमशिखरले बताउनुभयो । अब फेरी नयाँ ढंगले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विचको पार्टी एकताका बारेमा छलफल बढ्ने खड्काले बताउनुभयो ।