नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री आमन्त्रण कप महिला भलिवलको सातौ संस्करण आजवाट

ओखलढुङ्गान्युज, फागुन २१, २०७७ काठमाण्डौं प्रधानमन्त्री आमन्त्रण कप महिला भलिबल प्रतियोगिताको सातौं संस्करण नेपालगञ्जमा आजदेखी सुरु हुँदैछ । आज शुक्रबारवाट सुरुहुन लागेको प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता बाँके जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको हो । प्रतियोगिताको सातौ संस्करणमा विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

२०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब , दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता रहेको थियो ।