नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मोलुङ्ग हाइड्रोपावरले ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्दै

ओखलढुङ्गान्युज, फागुन १९, २०७७ । काठमाण्डौं । ओखलढुङ्गमा ७ मेगावाट क्षमता भएको मोलुङ हाईड्रोपावरले सर्वसाधारणहरुका लागि प्रति कित्ता रु १०० को ३५ लाख बढी सेयर निष्कासन गर्ने तयारी थालेको छ । सेयर निष्काशन तथा बिक्रीको प्रयोजनार्थ मोलुङ्ग हाइड्रोपावरले प्रवन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

मोलुङ हाईड्रोपावर आयोजनाले सर्वसाधारणहरुको लागि चाडै नै १ सय रुपैयाँ अंकित दरका ३५ लाख ३१ हजार कित्ता निष्काशन गर्न लागेको छ । सनराइज क्यापिटल हाईड्रोपावर आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको हो ।

आयोजनाले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५ सय कित्तासमेत गरि सर्वसाधारणहरुको लागि ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  साधारण शेयर निष्काशनको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन र सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

७ मेगावाट क्षमता भएको  मोलुङ्ग हाइड्रोपावरले मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्युत उत्पादन सुरु गरी संचालनमा रहेको छ । गत माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी १ अर्ब र जारी पूंजी बृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय भएको थियो ।

११ औ बार्षिक साधारणसभाको उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने भनिएको थियो ।