नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मेरुदण्ड पक्षघात भएका राम बहादुरलाई ईटहरीमा स्वागत

ओखलढुङ्गान्युज, फागुन १८, २०७७ ईटहरी सिन्धुपाल्चोक जिल्लाका राम वहादुर तामांगलाई इटहरीमा ईटहरी नगरपालिकाले स्वागत गरेको छ । सामान्य ह्विलचेयरको सहयोगमा मेची–काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका तामाङलाई मंगलबार इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गर्नुभएको हो ।

अपाङ्गताभएका ब्यक्तिहरुले पनि स्वतन्त्र, स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको वारेमा चेतना फैलाउनका ह्विलचेयर मार्फत आफु मेची–काली यात्रामा निस्किएको तामाङले बताए । सामान्य ह्विलचेयर मार्फत लामो यात्राको विश्व रेकर्ड राख्न समेत आफूले यो यात्रा सुरु गरेको तामाङको भनाई छ । तामाङले यसअघि नमोवुद्ध देखि लुम्विनी सम्म ३ सय ६६ किलोमिटर र लुम्विनी देखि वोधगया सम्म ५ सय ५३ किलोमिटर ह्विलचेयर यात्रा गरिसकेका छन् ।

यात्रामा निस्किएका तामाङलाई उनकै साथि मान वहादुर तामाङले साइकल मार्फत नै साथ दिईरहेका छन् । इटहरीका नगरप्रमुख चौधरीले तामाङद्वयको अभियान सफलताको कामना गर्नुभयो । तामाङ द्वयले काकडभिट्टा वाट गत शनिवार देखी साईकल यात्रा सुरु गरेका हुन् ।