नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

दुई पालिकामा १३ भ्रष्टाचार, प्रमाणीत नभए राजनिति वाटै सन्यास लिन्छु ः राज्मन्त्री गुरुङ

ओखलढुङ्गान्युज, फागुन १८, २०७७ ओखलढुङ्गा प्रदेश नं. १ का भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुङ्गाका दुईओटा स्थानीय तहहरुले गम्भिर भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । शोमबार आयोजित सिद्धिचरण नगरपालिकाको सातौं नगरसभालाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङले मोलुङ गाउँपालिका र चिशंखुगढी गाउँपालिकामा मात्रै १३ ओटा ठुला योजनामा भ्रष्टाचार भएको आरोप लगाउनुभएको हो ।

सम्बोधनका क्रममा राज्यमन्त्री गुरुङले स्थानीय तहका प्रतिनिधीहरुले काम नगरी अनियमिततालाई प्रोत्साहन गरेको र दोषजती अरुलाई थुपार्न खोजेको बताउनुभयो । केहिदिन अगाडी चिशंखुगढी गाउँपालिकाको गाउँसभाले गरेको खेदप्रकटको निर्णयलाई ईङ्गित गर्दै राज्यमन्त्री गुरुङले भन्नुभयो, ‘एउटा कार्यक्रम गर्न नसक्ने, कार्यक्रममा दुईसय जना उपस्थित गराउन नसक्नेहरुले खेद प्रकट पास गरे रे । त्यसको के अर्थ हुन्छ ?’ मन्त्री गुरुङको प्रश्न थियो, ‘खेद प्रकट भनेको भोली देखी राज्मन्त्री गुरुङलाई मान्दिन भनेको हो ?’ अनियमितता गर्नेहरुको अब काउन्ट डाउन सुरुभएको राज्मन्त्री गुरुङको भनाई थियो । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आउनासाथ ति मुद्दामा अनुसन्धान हुने र म्याक्सिमम दश दिनमा रिजल्ट आउने राज्यमन्त्री गुरुङले बताउनुभयो ।

आठओटा स्थानीय तहहरु मध्ये सिद्धिचरण नगरपालिकामा भने कसैले भ्रष्टाचार नगरेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो । आफु सरकारको पनि प्रतिनिधी भएको बताउदै राज्यमन्त्री गुरुङले नयाँ प्रमुख जिल्ला अधिकारी ओखलढुङ्गा आउनसाथ आफुले भनेका १३ ओटै योजनाको अनियमितताको बारेमा छानबिन गर्ने बताउनुभयो । चिशंखुगढी र मोलुङ गाउँपालिकाका भ्रष्टाचारका १३ ओटा मुद्दा केहीदिनमा गलत प्रमाणीत नभएमा आफुले राजनितिवाट नै सन्यास लिने बताउनुभयो ।