नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

गाली, ताली र जालीले केही असर गर्दैन : सांसद सुनुवार

ओखलढुङ्गान्युज, फागुन १७, २०७७ ओखलढुङ्गा संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले विकास निर्माणको क्रममा एकताबद्ध भएर अगाडी बढ्न सबै जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाको सातौं हिउदे सभालाई संबोधन गर्न ओखलढुङ्गा आईपुग्नु भएका सांसद सुनुवारले यस्तो आग्रह गर्नुभएको हो ।

सांसद सुनुवारले संघियता लागू हुनुभन्दा अगाडी सम्म पूर्वको कर्णाली भनेर चिनिने ओखलढुङ्गा स्थानीय तहको निर्वाचन भएको समेत तिनवर्ष वित्दै गर्दा विकासको गतिले तिब्रता लिदै सुगम जिल्ला तर्फ उन्मुख भएको समेत बताउनुभयो । एक प्रसंगमा सांसद सुनुवारले पछिल्ला दिनहरुमा जिल्लामा केही नेताहरुले आफूलाई सार्वजनिक कार्यक्रममा नै गाली गर्ने गरेको भन्दै आफुले गरेको राम्रो कामलाई देखेर अत्तालीएको हुनसक्ने टिप्पणी गर्नुभयो । त्यस्ता कार्यक्रममा हुने गाली, ताली र जालीले आफूलाई कुनै असर नगर्ने भन्दै सांसद सुनुवारले ओखलढुङ्गेली जनताको हित र ओखलढुङ्गाको विकासमा सदैव लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

जनप्रतिनिधीहरुको कार्यकाल अब उत्तरार्धमा पुगेको भन्दै राम्रा कामहरुलाई सुरुवात गरे राम्रा कामको पछिल्ला पिढिलाई पनि सिकाई हुने र त्यसको जस लिनपनि पछि पाईने भएको आफ्नो कार्यकाल बाकीहुदै आफ्नो स्थानीय तहमा राम्रा कामको सुरुवात गर्न सांसद सुनुवारले आग्रह गर्नुभयो । स्थानीय तहले बनाएका राम्रा कामको योजना कार्यान्वयन गर्न आफुले संघिय सरकार मार्फत सक्दो सहयोग र समर्थन गर्ने बाचा समेत गर्नुभयो ।

आईतवार राती ओखलढुङ्गा आईपुग्नु भएका सांसद सुनुवारले शोमबार विहान मोलुङ गाउँपालिकाका सातौ गाउँसभालाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै मोलुङमा सम्बोधन गरेर जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको सातौ नगरसभालाई सम्बोधन गरेर सांसद सुनुवार शोमबार नै काठमाण्डौं फर्कनुभएको छ ।