नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाका प्रजिअ पौडेलको सरुवा, पौडेलको ठाँउमा राई आउने

ओखलढुङ्गान्युज, फागुन १४, २०७७ ओखलढुङ्गा शनिवार गृह मन्त्रालयले ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको सरुवा गरेको छ । मन्त्रालयले शनिवार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको हो । जसमा ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी पौडेल सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुङ्गा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् । प्रमुख जिल्ला अधिकारीसँगै केहि जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि हेरफेर भएका छन् ।

गत नौ महिना अघि ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर आउनुभएको पौडेलको गृह मन्त्रालयमा सरुवा भएको हो । ओखलढुङ्गामा नयाँ प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयवाट नै बन्दना राई आउनुहुने भएको छ ।

शनिवार भएको हेरफेर अनुसार कास्कीमा थानेश्वर गौतम, चितवनमा प्रेमलाल लामिछाने, धादिङमा ज्ञानप्रसाद ढकाल, सुनसरीमा उमेश ढकाल, सिन्धुपाल्चोकमा अरुण पोखरेल, कपिलवस्तुमा चक्रपाणि पोखरेल, बर्दियामा सन्तबहादुर सुनार, दाङमा दीर्घनारायण पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरि सरुवा गरिएको छ ।

त्यस्तै, कैलालीमा खगेन्द्र रिजाल, बाग्लुङमा शिवकुमार कार्की, सुर्खेतमा छविलाल रिजाल, रामेछापमा गौलोचन सैंजु, ओखलढुङ्गामा बन्दना राई, दोलखामा वासुदेव घिमिरे। रसुवामा ईश्वरी ढकाल, ताप्लेजुङमा उमेश पाण्डे, बझाङमा मोहन अधिकारी, हुम्लामा गणेश आचार्य र म्याग्दीमा गणेश बहादुर अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी प्रदान गर्दै सरुवा गरिएको छ ।