नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

विघटित संसद पुनस्थापना गर्ने सर्बोच्चको ऐतिहासिक फैसला

ओखलढुङ्गान्युज, फागुन ११, २०७७ काठमाण्डौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने गरेको निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ । गत पुष ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सर्बोच्चले बदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएसँगै १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।