नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चिशंखुगढीको गाउँसभामा विशेष प्रस्ताव ः राज्यमन्त्रीको टिप्पणी प्रति खेद प्रकट

ओखलढुङ्गान्युज, फागुन , २०७७ चिशंखुगढी प्रदेश नं. १ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले गरेको टिप्पणी प्रति खेद प्रकट गर्ने विशेष प्रस्ताव पारित गर्दै चिशंखुगढी गाउँपालिकाका आठौं गाउँसभा सम्पन्न भएको छ । गत माघ ३० गते चिशंखुगढी गाउँपालिकामा नै ओलि गुटको नेकपाको कार्यक्रममा राज्यमन्त्री गुरुङले गाउँपालिकाका जनप्रतिनिधीहरुको मानमर्दन हुने गरि अभिव्यक्ति दिएको भन्दै राज्यमन्त्री विरुद्ध खेद प्रकट गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

चिशंखुगढी गाउँपालिकाको गत फागुन ७ देखी सुरु भएको आठौं गाउँसभामा गाउँसभा वडा अध्यक्ष नरेन्द्र बस्नेत प्रस्तावक रहि गाउँपालिकाका उपाध्यक्ष सुष्मिका राई र वडा अध्यक्ष उषक कटवाल समर्थक भई राज्यमन्त्री विरुद्ध विशेष प्रस्ताव दर्ता भएको गाउँसभा कार्यक्रमका एक सदस्यले जानकारी दिए । राज्यमन्त्रीले सार्वजनिक स्थलमा कपोकल्पीत र गैह« जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति प्रति घोर भत्र्सना गर्दै खेद प्रकट गर्ने विशेष प्रस्तावलाई गाउँसभाले सर्वसम्मत रुपमा पास गरेको हो ।

जिल्लाको चिशंखुगढी गाउँपालिकाको विकास निर्माणको सम्बन्धमा विगत देखी नै राज्यमन्त्री गुरुङ र गाउँपालिकाका अध्यक्ष निशान्त शर्माका बिच दोहोरी चल्दै आएको छ । गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधीले प्रदेश सरकारवाट आफूले गाउँपालिकाका लागि पठाएको बजेटमा भ्रष्टाचार गरेको सार्वजनिक रुपमा राज्यमन्त्री गुरुङले आरोप लगाउदै आएका छन् । गाउँपालिकाका जनप्रतिनिधीहरुले भने राज्यमन्त्रीले कपोकल्पित झुट आरोप लगाएको बताउदै आरोपलाई पुष्टि गर्न चुनौती दिदै आएका छन् ।

गाउँसभामा सहभागी भएका एक सदस्यले भने, ‘राज्यमन्त्रीले सार्वजनिक स्थलमा आरोप लगाउदै हिड्नु भएको छ । त्यसको पुष्टि गर्न म चुनौती दिन्छु । बरु राज्यमन्त्रीको निर्देशनमा उहाँका केही आसेपासले प्रदेशवाट आएको योजनामा उपभोक्ताहरुवाटै मोटो रकम उठाई राज्यमन्त्रीलाई नै बुझाएको जानकारी आएको छ ।’ उनले थपे, ‘आसेपासेले पैसा उठाउन थालको भन्ने जानकारी आएपछि त्यसलाई गाउँपालिकाको तर्फवाट रोक्न खोज्दा राज्यमन्त्रीले उल्टै स्थानीय जनप्रतिनिधीलाई भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।’

गाउँपालिकाले पास गरेको विशेष प्रस्ताव