नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अभिकर्ताहरुलाई युनियन लाईफ ईन्स्योरेन्सको आधारभूत तालिम

 

ओखलढुङ्गान्युज, फागुन ८, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले एकदिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले ओखलढुङ्गामा रहेका आफ्ना अभिकर्ताहरूका लागि आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

आधारभूत तालिम कार्यक्रममा युनियन लाईफ ईन्स्योरेन्स कम्पनीका बाग्मती प्रदेश सह(ईञ्चार्ज राजु श्रेष्ठ र नेपाल कै उत्कृष्ट अभिकर्ता दामोदर गौतमले सहजीकरण गरेका थिए । आधारभूत तालिम कार्यक्रममा सहजीकरण गर्दै सहजकर्ताहरुले जिवन विमाको आवश्यकता र परिवारको सुरक्षाका बारेमा विचार राखेका थिए । विमाले मात्रै जस्तोसुकै परिवारको पनि सुरक्षा हुनसक्ने भन्दै आमनागरिकलाई यसकाबारेमा मेहनतका साथ बुझाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा ओखलढुंगा शाखा प्रबन्धक तेज प्रसाद ढकाल सहित जिल्लाका दुई दर्जन बढि लाईन एजेन्सी म्यानेजर तथा एजेण्टहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा माघ महिनाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । २०७४ सालमा स्थापना भएको यस युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको शाखा ओखलढुङ्गामा भने गत पुष महिनामा मात्रै स्थापना भएको हो ।