नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विद्यार्थी बोकेको बस दुर्घटना, १७ विद्यार्थी घाइते

ओखलढुङ्गान्युज, फागुन ७, २०७७ । रामेछाप । रामेछाप जिल्लाको सालुवाट विद्यार्थी बोकेर मन्थली जादै गरेको बस सदरमुकाम मन्थली नजिकै दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा बसमा सवार १७ जना विद्यार्थी घाइते भएका छन् ।

शुक्रबारदेखि नै जिल्ला सदरमुकाममा हुने मन्थली नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि सेतीदेवी मावि सालुबाट विद्यार्थी लिएर उक्त बस मन्थली जादै थियोे । बा ५ ख २८५७ नम्बरको उक्त बस ५३ जना विद्यार्थी बोकेर सदरमुकाम तर्फ आउँदै थियो । मन्थली जादै गर्दा शुक्रबार बिहान मन्थली–५ मच्छेडाँडी माथि भदौरे भन्ने स्थानमा बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा परि बसका सहचालक र एक १४ वर्षीया बालिकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो सडकमा तिब्र गतीमा चलाइएको कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । बस सडकमा नै पल्टिएको थियो ।