नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाका तिन कैदी वन्दी रिहा

ओखलढुङ्गान्युज, फागुन ७, २०७७ । ओखलढुङ्गा । राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अबसर पारेर जिल्ला कारागार ओखलढुङ्गावाट आज (शुक्रबार) तिनजना कैदि वन्दी रिहाई भएका छन् । रिहाई हुनेमा मोलुङ गाउँपालिकाका दुई जना र चिशंखुगढी गाउँपालिकाका एकजना रहेका छन् ।

रिहाई भएका तिनैजना पुरुष रहेका छन् । रिहाई भएका मोलुङ गाउँपालिकाका दुर्व जना हातहतियार तथा हातहतियारको लापरबाही प्रयोगको कसुरमा २०७६ साल कार्तिक २१ गते थुनामा परेका थिए । उनीहरुलाई जिल्ला अदालत ओखलढुङ्गाले जनही दुई वर्ष जेल तथा २०÷२० हजार नगद जरिवानाको फैसला सुनाएको थियो ।

त्यस्तै प्रजातन्त्र दिवस २०७७ को अवसरमा रिहाई हुने चिशंखुगढी गाउँपालिकाका एक जना भने कर्तव्य ज्यान केसमा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन् । उनी २०६७ साल साउन १४ गते पक्राउ परेका थिए । शुक्रबार जेल मुक्त भएका तिनै जनालाई प्रजातन्त्र दिवसको दिन थुनामुक्त गर्ने मन्त्रिपरिषदको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि थुनामुक्त भएको जिल्ला कारागार ओखलढुङ्गाका प्रमुख चुडामणी अर्यालले जानकारी दिनुभयो ।