नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा सिद्धिचरण नगर प्रहरी स्थापना

ओखलढुङ्गान्युज, फागुन ६, २०७७ । ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आफ्नो नगर प्रहरीको स्थापना गरेको छ । नगरले नगर प्रहरीको भर्ना पश्चात बुधबारवाट नगर प्रहरी कर्मचारीका लागि १५ दिने आधारभूत तालिमको समेत उद्घाटन गरेको छ ।

बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले आधारभूत तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिका कार्यालयको सुरक्षा, नगरपालिका क्षेत्रको सवारी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायतको क्षेत्रमा नगर प्रहरीले महत्त्वपूर्ण योगदान दिने अपेक्षा रहेको बताउनुभयो । तालिमको सुरुवातसगै सेवामा प्रवेश गरेकोले लगनशील भएर तालिम सम्पन्न गरि नगरपालिकाको अपेक्षा अनुसार सुरक्षा व्यवस्थामा लागि पर्न पनि आग्रह गर्नुभयो ।  

केही समय अगाडि नगरपालिकाले खुलाएको नगरप्रहरी भर्नाका लागि करिब २ सय बढीले आवेदन दिएका थिए । उनीहरू मध्ये विभिन्न प्रतिस्पर्धा मार्फत १ हबल्दार र ६ सिपाही गरि ७ जनालाई नगरपालिकाले कर्मचारी नियुक्ति गरेको छ । जसमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।

नगरप्रहरी भर्ना कार्यक्रमका लागि नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले छनौट कार्यक्रम सञ्चालन गरेको थियोे । त्यस्तै १५ दिने आधारभूत तालिमको पनि जिल्ला प्रहरी कार्यालयले नै सहजीकरण गर्नेछ ।