नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पाकिस्तानमा शक्तिशाली भूकम्प

ओखलढुङ्गान्युज, फागुन , २०७७ विदेश शुक्रबार राति पाकिस्तानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ६.४ रेक्टर स्केलको भएको बताईएको छ । उक्त भूकम्पीय धक्काको कम्पन भारतका विभिन्न शहरहरूमा पनि महसुस गरिएको थियो ।

पाकिस्तानको मेट्रोलोजिकल डिपार्टमेन्टले जनाएअनुसार ताजिकिस्तानलाई केन्द्र बनाएर स्थानीय समयअनुसार शुक्रबार राति १० बजे भूकम्प गएको हो । सो भूकम्पको गहिराइ ८० किलोमिटर रहेको जनाइएको छ ।

पाकिस्तानको इस्लामाबाद, लाहोर, पन्जाबलगायत खैबर पाखतुन्ख्वा, मालाकान्ड र हजारा क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो । भारतमा पनि राजधानी नयाँ दिल्ली, चन्डीगढ, हरयाणा, पन्जाब, उत्तराखण्ड र जम्मु लगायतका विभिन्न स्थानमा धक्का महसुस भएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ।