नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्रीद्वारा लुम्बीनी केवुलकारको शिलान्यास

ओखलढुङ्गान्युज, फागुन , २०७७ काठमाण्डौं शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्कमा लुम्बिनी केवलकारको शिलान्याश गर्नुभएको छ । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ भने केबलकारको लम्बाई तीन किलोमीटरको हुनेछ ।

केबलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाई रहेको बताउनुभयो । यस आयोजनालाई सिघ्र रुपमा अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग पुग्ने बताउनुभयो । कोभिड महामारीका कारण देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताउनुभयो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने समेत बताउनुभयो । आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरा गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले सम्बोधन गर्नुभएको थियो । यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बक्ताहरुको भनाई थियो ।