नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प

ओखलढुङ्गान्युज, माघ २९, २०७७ काठमाण्डौं बुधबार साँझ दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।

बुधबारको भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी दिइएको छ । यद्यपि भूकम्पले पु¥याएको क्षतिको विवरण भने विहिबार विहानसम्म आइसकेको छैन ।

भूकम्पका कारण दक्षिण प्रशान्त महासागरमा सुनामी आएको अष्ट्रेलियाको मौसम एजेन्सीले पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।