नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नेपाल टेलिकमको यो वर्षको खुद नाफा ९ अर्ब ७४ करोड

ओखलढुङ्गान्युज, माघ २२, २०७७ काठमाण्डौं आज (विहिवार) नेपाल टेलिकमले आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको छ । टेलिकमको मुख्य कार्यालय भद्रकालीमा विहिवार विशेष कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो ।

नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा गएको आर्थिक वर्षमा ९ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । त्यस्तै टेलिकमले ७७ वटै जिल्लाका ६ सय २० वटा स्थानिय तहहरुमा फोर जी सेवा पु¥याएको समेत जनाएको छ । २०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले २ करोड ९ लाख ग्राहक रहेका छन् ।

वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिनुभयो । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिनुभयो ।

भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ । त्यस्तै देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमले दावी गरेको छ ।