नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

ओखलढुङ्गान्युज, माघ १९, २०७७, काठमाण्डौं । आज (शोमबार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शोमबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक भएके हो ।

कोरोना महामारीबीच पनि देशभरवाट कक्षा १२ मा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीले परीक्षामा सहभागीता जनाएका थिए । शोमवार प्रकाशित भएको नतिजा अनुसार १ जना परीक्षार्थीको परीक्षाफ रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।

परीक्षा बोर्डले प्रत्येक विषयमा १०० अंक कै परीक्षा लिदै आएको भएपनि कोरोना महामारीका कारण यो शैक्षिक सत्रमा भने कूल पूर्णांकको ४० प्रतिशतको मात्रै संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । बैशाख–जेठमा सञ्चालन हुने परीक्षालाई परीक्षा बोर्डले गत मंशिर ९ गते देखी १६ गते सम्म सञ्चालन गरेको थियो ।

गत शैक्षिक सत्रको परीक्षा ढिला भएका कारण चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक चाडै प्रकाशनको प्रयास भएपनि शिक्षकले जथाभावी प्राप्तांक पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने परीक्षा वोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ । त्यसको लागि NEB टाईप गरेर एक स्पेस छाडी आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाउनु पर्ने छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखी विद्यार्थीलाई बोर्डले नै ग्रेडसिट लगायतको प्रमाणपत्र दिनेछ । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ ।