नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

सोलुखुम्बुमा आगलागीमा परि दुई बालबालिकाको ज्यान गयो

ओखलढुङ्गान्युज, माघ १७, २०७७ । ओखलढुङ्गा । आगलागीमा परि सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. २ सल्यानका दुई बालबालिकाको ज्यान गएको छ । शनिवार दिउसो मतानमा आगलागी हुदा दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका अन्दाजी ७ वर्षीय नाति सुगम निरौला र ४ वर्षीया नातिनी सुदिस्मा निरौला रहेका छन् । शनिबार दिउँसो २ बजे तिर बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानो भएको मतानमा आगो सल्किँदा उनीहरुको मृत्यु भएको वडा अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो ।

स्थानीयको पहलमा ढिला गरि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिईएपनि बालबालिकालाई भने बचाउन नसकिएको वडा अध्यक्ष बास्तोलाले बताउनुभयो । आगो नियन्त्रणमा आएपछि बालबालिकाको शबलाई घटनास्थलवाट बाहिर निकालिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा प्रहरी प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको र घटनाको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको पनि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।