नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

पढ्ने उमेर (१३ वर्ष) मै परिवार पाल्ने जिम्मेवारी

ओखलढुङ्गान्युज, माघ १७, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्ला, मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६, थाक्लेका रविन सार्की । रविनको उमेर अहिले १३ वर्षको मात्र भयो । उनले पढाई छोडेको एक वर्ष भन्दा बढि भयो । पाँच वर्षअघि गाउँकै खरबारीको डढेलोमा परेर आमा (निरु सार्की) ले ज्यान गुमाइन् । आमाको मृत्यु भएपनि रविनलाई बुवाले भाईबहीनीसँग स्कुल पठाएका थिए ।

तस्वीर ः कुम्भराज राई

गतवर्षको मंसिर ९ देखि बुवा लीलबहादुर पनि बेपत्ता भए । त्यसपछि रविनले स्कुल छाडे । रविनको ११ वर्षकी बहिनी संगीता र १० वर्षका भाई सविन साथमा छन् । उनीहरुलाई रविनले अरुकै घरमा काम गरेर, मजदुरी गरेर भएपनि स्कुल पठाएका छन् । अहिले संगीता नजिकैको सरकारी स्कुलमा कक्षा ५ मा र भाई सविन कक्षा दुईमा पढ्छन् ।

मानेभन्ज्याङ गाउँपालिकाको मानेभञ्ज्यांगमा लाग्ने हटिया बजारमा किनमेल गर्न आएका उनीहरुका बुवा लीलबहादुर पनि वेपत्ता भए । वेपत्ता भएको ११ महिनापछि गत कात्तिकमा बुवा लीलबहादुरको  मृत शव फेला प¥यो । पहिरोदेखि लडेर मृत र चिन्नै नसक्ने अवस्थामा भेटिएका उनको शव गाउँले आफन्तले कपडाले मात्र चिने । त्यसपछि उनीहरु अभिभावक विहीन बनेका छन् ।

कहिले गाउ“ले र आफन्तले दाल चामल दिन्छन् । विद्यालयका शिक्षकशिक्षिकाहरुले चामल सहयोग गर्ने गरेको सविनले बताए । उनले आफूले सक्ने काम पाएमा मजदुरी गरेर दुईचार सय ल्याउने गरेका छन् । कहिलेकाही गाउँतिर काम गरेपनि कसैकसैले पूरा ज्याला पनि दिदैनन् । उनीहरुलाई आफ्नो जन्ममिति समेत राम्रोस“ग थाहा छैन ।

भुकम्पले घर भत्किएपछि उनको बुवाले पुर्ननिर्माण अन्तर्गत सानो घर बनाईदिएका थिए । उनीहरु त्यही घरमा बस्छन् । घरको तेश्रो किस्ता अनुदान अझै उनीहरुले पाएका छैनन् । बुवा र आमाको मृत्यु दर्ताको साथै उनीहरुको जन्मदर्ता बनाउन नाताले हजुरबुवा पर्ने टेकबहादुर सार्कीले सहयोग गरिरहेका छन् । रविनले अझै पढ्न चाहिरहेको भएपनि भाइबहिनीलाई पालन पोषण गर्नुपर्ने भएकोले विद्यालय जान सकेका छैनन् ।

जिल्लास्थित केही संघ संस्थाले उनीहरुको उद्दारका लागि पहल गरेका छन् । तर आवश्यक समन्वय अझै प्रयाप्त भईसकेको छैन । सरकारले जति सेवा सुबिधा र सहयोगको घोषणा गरेपनि उनीहरुसम्म भने अझै पुग्न सकेको छैन ।