नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

चीनको सुन खानीमा फसेकाको दुई हप्तापछि उद्धार

ओखलढुङ्गान्युज, माघ १२, २०७७ काठमाण्डौं चीनको सुनखानीमा फसेका श्रमिकहरुलाई दुईहप्ता पछि उद्धार गरिएको छ । सुन खानीमा फसेका एघार जनालाई दुई हप्तापछि उद्धार गरिएको चीनको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

खानीमा फसेकाहरुमध्ये पहिलो व्यक्तिलाई खानीभन्दा बाहिर ल्याइँदा त्यहाँ खटिएका कामदारहरु खुसी भएको चीनीया टिभिले सार्वजनिक गरेको थियो । खानीमा फसेका ब्यक्ति वाहिर आउदा उनको आँखाको आँखाको ज्योति नगुमोस् भनेर आखाँमा पट्टी बाँधिएको थियो ।

गएको जनवरी १० मा चीनको सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए । विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन ।

विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको थियो । ११ जनाको उद्धार गरिएपनि बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन । खानीबाट माथि ल्याइएकाहरू शारीरिक रुपमा निकै कमजोर रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।