नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेकपा फुटेको छैन, दुवै समूहको निर्णय अस्विकार्य ः निर्वाचन आयोग

ओखलढुङ्गान्युज, माघ १२, २०७७ । काठमाण्डौं । नेकपाका प्रचण्ड–माधव समूह तथा केपी शर्मा ओलीले आफुहरु आधिकारीक रहेको भनि निर्वाचन आयोगमा दिएको निवेदनलाई निर्वाचन आयोगले अस्विकार गरेको छ । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको भन्दै निर्वाचन आयोगले दुबै समूहले गरेको निर्णयलाई अस्विकार गरेको हो ।

पुष ५ गते संसद विघटन भएसँगै नेकपा प्रत्यक्ष रुपमा दुई समूहमा विभाजित भई एकअर्का विच आक्रामक आरोप प्रत्यारोप गर्दै कार्यक्रममा आफूहरु नै नेकपाको आधिकारीक भएको र सूर्य चिन्ह आफुले पाउने दावी गर्दै आएका छन् । तर आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष सहित नेकपा विभाजन भए पनि आयोगले भने पुरानै नेकपालाई मान्यता दिएको हो ।

संसद विघटन भएसँगै प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यस्तै प्रधानमन्त्री ओली समूहले पनि केन्द्रीय सदस्य थप गरेर ११ सय ९९ पुर्याएको को जनाएको थियो । नेकपाका दुवै समूहले गरेको दावीको बारेमा निर्वाचन आयोगले आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्याद दिएर पत्राचार गरेको थियो ।

आईतवार अबेर निर्वाचन आयोगले आफ्नो निर्णय सार्वजनिक गरेपनि आयोगको निर्णयलाई लिएर दुबै समूहले कुनैं प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । निर्वाचन आयोगको निर्णयसँगै ओलीलाई हटाएरु अध्यक्ष बनेका माधव कुमार नेपाल र ओली समूहले थप गरेका नयाँ केन्द्रिय सदस्यहरुको आधिकारीकता अन्यौलता बनेको छ । तथापी नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रिय समितिको आईतवार बसेको बैठकले प्रधानमन्त्री समेत र केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।