नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बलात्कारको अभियोगमा रामेछापका एक वडाअध्यक्ष पक्राउ

ओखलढुङ्गान्युज, माघ ११, २०७७ । काठमाण्डौं । ३३ वर्षिय एक महिलालाई बलात्कार गरेको अभियोगमा रामेछापका एक वडाअध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं. १० चनखुका वडाध्यक्ष भरत बहादुर बोहोरा रहेका छन् । 

वडाध्यक्ष बोहराविरूद्ध पिडित महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा जाहेरी दिएपछि उनलाई शनिवार पक्राउ गरिएको हो । शोमबार जबरजस्ती करणीको आरोपका उजुरी दर्ता भएको आधारमा जिल्ला अदालत भक्तपुरले वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

ठिमी वृत्तमा परेको उजुरी र जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा वडा अध्यक्ष बोहोरालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

शनिवार पक्राउ परेका वडा अध्यक्ष बोहोरालाई रामेछाप प्रहरीले भक्तपुर नै पठाउने भएको छ । घटनाबारे ठिमी वृत्तले नै थप अनुसन्धान गर्ने भएकाले वडाध्यक्ष बोहोरालाई प्रहरी वृत्त ठिमीको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।