नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

जिल्ला अस्पताल रुम्जाटारलाई ‘अक्सिजन कन्सनट्रेटर’ सहयोग

ओखलढुङ्गान्युज, माघ , २०७७ ओखलढुङ्गा विहिवार जिल्ला अस्पताल रुम्जाटारलाई पोर्टेबल (सानो) अक्सिजन कन्सनट्रेटर सहयोग स्वरुप प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल बेलायत बस्दै आएका दुई परिवारले एक औपचारिक कार्यक्रम गरि अक्सिजन कन्सनट्रेटर सहयोग गरेका हुन् ।

सिद्धिचरण नगरपालिका वडा नं. ११ रामबजारका शिवजी र उर्मिला श्रेष्ठ तथा भक्तलाल र भेषकुमारी श्रेष्ठ दम्पतीले बुवा आमाको स्मरणमा अक्सिजन कन्सनट्रेटर सहयोग गरेका हुन् । कन्सनट्रेटर मेसिनले अटोमेटिक रुपमै अक्सिजन उत्पादन गर्ने गर्छ । यसले श्वासप्रश्वासका रोगीलाई विशेष सहायता पुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष देवले बताउनुभयो ।

ठूलो आकारको कन्सनट्रेटर बोकेर हि“ड्न नमिल्ने भएकोले हाल सहयोग बापत पाइने कन्सनट्रेटर प्रयोग गर्न सजिलो हुने समेत अस्पतालले जनाएको छ । जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको उक्त उपकरण ८० हजार रुपैंया मूल्य बराबरको हो । गाडीको ब्याट्रीबाट समेत चल्ने यस उपकरण एम्बुलेन्समा समेत राख्न सकिनेछ ।

उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले सहयोगदाताको प्रशंसा गरे । दाताहरुको तर्फबाट शिवजी श्रेष्ठका भाई केन्द्र श्रेष्ठ र भक्तलालका भाई विश्व श्रेष्ठले कन्सनट्रेटर हस्तान्तरण गरेका हुन् ।