नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री कप पुरुष क्रिकेट ः आर्मीको दोश्रो जित, पुलिसले सुदुरपश्चिमलाई हरायो

ओखलढुङ्गान्युज, माघ , २०७७ काठमाण्डौं बुधवार सम्पन्न भएको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश नं.१ लाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नं. ले ४० दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । प्रदेश नं. १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

लगातार तेश्रो जितपछि समूह ए मा ६ अंक जोडेको आर्मी सेमिफाइनल नजिक छ । प्रदेश १ को भने यो लगातार तेश्रो हार हो । आर्मीले समूहको अन्तिम खेल एपीएफसँग खेल्नेछ ।

त्यस्तै प्रतियोगिताको अर्को खेलमा साविक विजेता नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।पुलिसले सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जितको दर्ता गरेको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ दशमलब १ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको पुलिसले १७ ओभर खेल्दै १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।