नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

धारिलो हतियारको प्रयोगवाट ओखलढुङ्गामा एक सुत्केरी महिला गम्भिर घाईते

ओखलढुङ्गान्युज, माघ , २०७७ ओखलढुङ्गा धारिलो हतियारको प्रयोगका कारण ओखलढुङ्गामा एक सुत्केरी महिला घाईते भएकी छन् । घाईते हुनेमा मोलुङ गाउँपालिका वडा नं. २ घर भएकी निर्मला बास्तोला फुयाल रहेकी छन् ।

घरमा नै घाईत अवस्थामा फेला परेकी निर्मलाको उद्धार गरि उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा राखिएको छ । निर्मला एकहप्ताकी सुत्केरी महिला हुन् । रगतले लतपतिएको र शरिर भरि चोटैचोट लागेर बेहोस भएको अवस्थामा उनलाई उद्धार गरि उपचारका लागि सामुदायीक अस्पतालमा पु¥याईएको स्थानीयले बताएका छन् ।

निर्मला कसरी घाईते भईन भन्ने बारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक काफ्लेका अनुसार घाईत अवस्थामा रहेकी निर्मलाको बेड नजिकै ब्लेडहरु फेला परेको थियो । घाईते निर्मलाले पनि घटनाको बारेमा केही बताएकी छैनन् ।

घटनाको बारेमा अनुसन्धान भैरहेको र अनुसन्धानका लागि घाईते अवस्थाको बारेमा अस्पतालवाट रिपोर्ट आएपछि मात्रै केही खुल्न सक्ने प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभयो । घटनाको कारणका बारेमा निर्मलाको पारिवारले पनि केही थाहा नभएको बताएको छ ।

निर्मलाको शरिरको विभिन्न भागमा ठुला ठुला ३–४ वटा गहिरो चोट लागेको छ । करीब एक वर्ष अगाडी मागी विवाह पश्चात आफ्नो घरमा बस्दै आएकी निर्मलाको श्रीमान् रोजगारीको शिलशिलामा अहिले जिल्ला बाहिर छन् ।