नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

अमेरिकाका नयाँ राष्ट्रपति जो बाईडेनले बुधबार सपथ लिदै

ओखलढुङ्गान्युज, माघ ७, २०७७ । अमेरिकी राष्ट्रपति जो बाईडेनले बुधबार राष्ट्रपति पदको सपथ लिने भएका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उनी सँगै निर्वाचित भएकी उपराष्ट्रपति कमला ह्यारिसले बुधवार शपथ लिन लागेका हुन् ।

सपथ ग्रहणका बेला हिंसात्मक सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा मा मात्रै २५ हजार सैनिक तैनाथ गरिएको छ । कार्यक्रम भैरहेको बेला देशका विभिन्न राज्यमा हिंसा तथा झडप हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हिंसात्मक घटना हुनसक्ने आशंकामा अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ। सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ।

शपथग्रहणमा अमेरिकी सेनाले परम्परालाई निरन्तरता दिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् भने उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ।