नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

अनेरास्ववियूको ९५ सदस्यीय जिल्ला कमिटि विस्तार, अध्यक्षमा लक्ष्मण राउत

ओखलढुङ्गान्युज, माघ , २०७७ ओखलढुङ्गा नेकपाको प्रचण्ड–माधव समूह अनेरास्ववियू ओखलढुङ्गा जिल्लाको विस्तारित बैठकले अध्यक्षमा लक्ष्मण राउतलाई चयन गरेको छ । विस्तारित बैठकले राउतको अध्यक्षतामा जिल्लामा ९५ सदस्यीय जिल्ला कमिटिको घोषणा गर्दै पालिकामा संयोजक तथा सहसंयोजक समेत तोकेको छ ।

विस्तारित बैठकले अनेरास्ववियूको जिल्ला उपाध्यक्षमा चम्बु फुयाल, सचिवमा सुशान्त लामा, सह सचिवहरुमा समीक्षा खड्का, अभिनास कार्की, धनराज चौलागाइँ र कोषाध्यक्षमा कमलप्रसाद धमलालाई चयन गरेको छ । अनेरास्ववियूको विस्तारित बैठकले सबै पालिकालाई समेट्दै २४ सदस्यीय जिल्ला सचिवालय टिमको समेत निर्माण गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य दिपक फुयालले जानकारी दिनुभयो ।

बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा विद्यार्थी संगठनको संयोजक तथा सहसंयोजकहरुको समेत जिम्मेवारी तोकेको छ । जस अनुसार क्रमशः संयोजक तथा सहसंयोजकहरुमा सिद्धिचरण नगरपालिकामा धनराज चौलागाई र दिपेन्द्र दयाल, चिशंखुगढी गाउँपालिकामा सुमन घिमिरे र लक्ष्मण खतिवडा, मानेभञ्ज्याङ्ग गाउँपालिकामा प्रविन राई र साजन राई, मोलुङ गाउँपालिकामा रञ्जना खत्री र जिवन धमला रहेका छन् । त्यस्तै सुनकोशी गाउँपालिकामा पदम गिरी र मदन जेरो, चम्पादेवी गाउँपालिकामा मधुसुदन पाण्डे र सविन वडाल, खिजिदेम्बा गाउँपालिकामा शुशिला सुनुवार र हरिकृष्ण न्यौपाने तथा लिखु गाउँपालिकामा बलराम गौतम र नविन बस्नेतलाई संयोजक तथा सहसंयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष मोहन खड्का, संगठन विभाग प्रमुख नेत्रप्रसाद भट्टराई, नेता हर्कबोल राई, विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज बशन्त कटवाल, अनेरास्ववियूका केन्द्रिय सदस्यहरु दिपक फुयाल, शंकर तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

यस अगाडी नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको विद्यार्थीको पनि भेलाले नयाँ कार्यसमितिको चयन गरिसकेको छ ।