नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट ः वागमती प्रदेशको दोश्रो जित, गण्डकीले प्रदेश १ लाई हरायो

ओखलढुङ्गान्युज, माघ ५, २०७७ । काठमाण्डौं । शोमबार भएको प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोश्रो जित निकालेको छ । शोमबार भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गरेको हो ।

शोमार दिउसो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले बागमती प्रदेशले ब्याटिङ गरेको थियो । बागमती प्रदेशले खेलमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएको थियो ।

जवाफी ३ सय रनको विजयी लक्ष्य पच्छयाएको सुदूरपश्चिम प्रदेश बागमती प्रदेशका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि २१ ओभरमा १ सय १९ रनमै अलआउट भयो । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती प्रदेशले लगातार दोश्रो जित हात पारेको हो ।

त्यस्तै शोमबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई हराउदै पहिलो जित दर्ता गरेको छ भने प्रदेश नं. १ ले दोश्रो हार ब्यहोरेको छ । गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ माथि २ विकेटको संघर्षपूर्ण रोमाञ्चक जित निकालेको हो ।

शोमबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २ रन बनाएके थियो । १ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै समूह  ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ। गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश नं. १ पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।