नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

आज (शुक्रबार) देखी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता ः आर्मीको विजयी सुरुवात

ओखलढुङ्गान्युज, माघ २, २०७७ । काठमाण्डौं । शुक्रबारवाट प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न भएको उद्घाटन खेलमा ९९ रनले गण्डकी प्रदेशलाई हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन मात्रै बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेका छन् । भण्डारीले ७६ बलमा ९ चौका र ५ चौकासहित अविजित १ सय ११ रन बनाए । जारी प्रधानमन्त्री कपमा यो उनको पहिलो शतक हो । भण्डारी आर्मीबाट प्रधानमन्त्री कपमा शतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि आर्मीबाट सन् २०१८ मा सगर पुनले पहिलो शतक प्रहार गरेका थिए ।

प्रतियोगितमा ७ प्रदेश र तिन विभागिय सहित १० टिमले सहभागीता जनाएका छन् ।  गण्डकीले दोस्रो खेल माघ ५ मा प्रदेश १ सँग मूलपानीमा खेल्दा आर्मीले माघ ४ मा कर्णालीसँग मूलपानीमा प्रतिस्पर्धा गर्नेछ।