नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कोरोना संक्रमणको आशंकामा सदरमुकामको सजमावि एकहप्ता वन्द

ओखलढुङ्गान्युज, पुष २८, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माद्यमिक विद्यालय एकहप्ताका लागि वन्द गरिएको छ । विद्यालयका दुईजना शिक्षिकामा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय एकहप्ताका लागि वन्द गरिएको हो ।

विद्यालयका दुईजना शिक्षिकामा रुघाखोकी र उच्च ज्वरो देखिएपछि विद्यालयका विद्यार्थीहरुमा समेत सर्न सक्ने आशंकामा पूर्व सतर्कताका लागि माघ ४ गते सम्मका लागि वन्द गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले जानकारी दिनभयो । उहाँका अनुसार दुवैजना शिक्षिकाको स्वाव परीक्षणका लागि पठाईएको छ । प्रधानाध्यापक कार्कीका अनुसार बच्चाहरुमा मानसिक त्रास फैलन सक्ने भएकोले केही दिन विद्यालय वन्द गरि बालबालिकाहरुलाई तातोपानी प्रसस्त मात्रामा पिउन र सरसफाईमा समेत ध्यान दिन भनिएको छ ।

केही हप्ता अगाडी पनि जिल्लाको मोलुङ गाँउपालिकाका दुईओटा माद्यमिक विद्यालयका विद्यार्थीहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि केहीदिनका लागि विदा गरिएको थियो । बालबालिकाहरुमा निरन्तर सम्सया नदेखिएपछि हाल ति विद्यालयहरुमा निरन्तर पठनपाठन भैरहेका छन् ।