नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कोरोनाको नयाँ प्रजाती फेला परेसँगै सतर्क रहन जिल्ला प्रशासनको अनुरोध

ओखलढुङ्गान्युज, पुष २४, २०७७ ओखलढुङ्गा विश्वमा नयाँ प्रजातीको कोरोना भाईरस भेटिएको भन्दै शतर्क रहन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबैमा अनुरोध गरेको छ । नेपाल सरकार गृह मन्त्रालयवाट प्राप्त भएको पत्रलाई जिल्लाका सबै स्थानीय तह र सरोकारवालाहरुलाई जानकारी गराउदै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले उक्त अनुरोध गरेको हो । 

जिल्ला प्रशासनले उपलब्ध गराएको गृहको पत्रमा भनिएको छ, ‘पछिल्लो समय बेलायतमा कोभिड १९ भाईरसको नयाँ प्रजाती फेला परेको समाचारहरु विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भै रहेका छन् । समाचार अनुसार उक्त नयाँ भाईरस फ्रान्स र पोर्चुगलमा समेत देखिएको छ । फ्रान्स र पोर्चुगलमा दोहोरो बसोबास गर्ने नेपालीहरुमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरि सोही अनुरुप नेपालमा समेत साबधानी अपनाउन सुझाव दिईएको छ । अतः विषय गम्भिरतालाई मनन् गर्दै सो अनुसार सुरक्षा सतर्कता अपनाउनुहुन आदेशानुसार अनुरोध छ ।’