नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

काठमाण्डौंको वायु प्रदुषण विश्वकै एक नम्बरमा, सचेत रहन वातावरण विभागको अनुरोध

ओखलढुङ्गान्युज, पुष २१, २०७७ काठमाण्डौं विश्व कै बढि वायु प्रदुषण हुने शहरमा नेपालको काठमाण्डौं पहिलो नम्बरमा परेको छ । विश्वका ५० सहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा मंगलबार काठमाडौं एक नम्बरमै परेको छ। वायु प्रदुषण मापन आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७२ पुगेको छ।

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। शोमबार विश्वकै एक नम्बरमा पुगेको काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको थियो। तर अहिले एक नम्बरमा छ।  विश्वका प्रमुख सहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार शोमबार बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो ।

प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेको  बताएका छन् । आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन । अहिले पनि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ ।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् । बालबालिका, विरामी र बृद्धबृद्धाहरुलाई सकेसम्म घरवाट बाहिर निस्कन नदिन वातावरण विभागले अनुरोध गरेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न विशेषज्ञहरुले अनुरोध गरेका छन् ।

वातावरण विभागको विज्ञप्ती :