नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नेकपा ओली समूहको शक्ति प्रदर्शन, अध्यक्ष प्रचण्ड र ईञ्चार्ज सुनुवारको चर्को आलोचना

ओखलढुङ्गान्युज, पुष २०, २०७७ । ओखलढुङ्गा । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा नेकपाको ओली समूहले ओखलढुङ्गामा आइतवार बृहत प्रदर्शन गरेको छ । करीब १ हजार नेता तथा कार्यकर्ता सडकमा उतारेको ओली समूहले विभिन्न नारा सहित बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर समापन गरेको थियो ।

¥याली पछि जिसस हलमा आयोजित सभामा केन्द्रिय अम्बिरबाबु गुरुङले हुन्छ हुन्छ भन्दै यज्ञराज सुनुवारले ढाटेको र अब नागरिक सचेत भैसकेकोले अंगालो मार्दैमा र गालामा चुप्पा खादैमा नेता बन्न नसक्ने बताए । आम कार्यकर्ता मन सुनुवारले जित्न नसकेको र जहिले पनि गुटमा रहेर मात्रै काम गर्न लागेकोले सच्चिन आग्रह गरे । सुनुवार जहिले पनि गुटमा मात्रै लागेकोले अब आफुहरुको नेतृत्वमा रहेको नेकपाले टुक्राटुक्रामा विभाजन हुन लागेको नेकपालाई एकढिक्का बनाउने दावी गरे ।

केन्द्रिय सदस्य बालकृष्ण ढुंगेलले ठूलो भतेरको आयोजना गरी मासु मिठो बनाएर खान बसेकालाई पर्खाउदै नेकपाका अध्यक्ष प्रचण्डले तरकारमा लादि मिसाएर भान्सा फोहोर गरेको र त्यसको साछिको रुपमा यज्ञराज सुनुवार बसेको आरोप लगाए । अध्यक्ष प्रचण्डमा व्यक्तिवादी सोचाई हावि हुँदा कार्यकर्ताको रक्षागर्न नसकेको र यस्ता मान्छे नेकपाको नेता हुन नसक्ने बताए ।

¥यालीको क्रममा ओयोजित कोण सभालाई सम्बोधन गर्नेहरुले ओखलढुङ्गा जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले ओखलढुङ्गेलीलाई धोका दिएको भन्दै सच्चिन आग्रह गरे । ओलीको पक्षमा नलागी सुनुवार माधव नेपालको पक्षमा लागेको भन्दै नेता केदारबाबु बस्नेतले चाडै नसुध्रिए माननिय हटाएर नागरिकले चाडै श्रीचौरको सुनुवारमा सिमिति राखिदिने समेत चेतावनी दिए । नेता तिर्थ सुवेदीले केन्द्रमा झै सुनुवारले एक झुण्डको नेतृत्व गरेको भन्दै पार्टीे गर्ने आन्दोलनमा आफुहरुसँग सल्लाह नगरेको समेत गुनासो गरे । जनताको रगत र पसिनाले बनेको कुराउनीलाई सुनुवारले श्रीचौरमा बसेर खाईरहेको सुवेदीको भनाई थियो ।

र्यालीको क्रममा नेताहरुले बजारको चोकचोकमा कोण सभाको आयोजना गर्दै सम्बोधन गरेका थिए । ¥यालीमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समर्थनमा चर्को नारा लगाउदै बजार परिक्रमा गरेका थिए । कतिपयले एमालेको चुनावी गित बजाउदै ¥यालीमा नै ओखलढुङ्गाका संघिय सांसद एवम् नेकपा ओखलढुङ्गा ईञ्चार्ज यज्ञराज सुनुवारको विरोधमा ‘बाटो छोड यज्ञ बाटो छोड’ नारा समेत लगाएका थिए ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई नेकपाको साविक केन्द्रिय कमिटी सदस्य किशोर अधिकारीसहित ओलि समूहकामा केन्द्रिय सदस्य मनोनित नानीबाबु बुढाथोकी, मोहकुमार श्रेष्ठ, शकुन्तला राजभण्डारी, बालकृष्ण ढुंगेल र अम्बीरबाबु गुरुङले सम्बोधन गरेका थिए । सूर्य चिन्ह र नेकपा आफुँहरुको भएको र आफुहरु नै आधिकारीक नेकपा भएको नेताहरुको दावी थियो ।