नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रदेश नं. १ प्रधानमन्त्री कप महिला क्रिकेटको फाईनलमा प्रबेश

ओखलढुंगान्युज, पुष १८, २०७७ । काठमाण्डौं । प्रदेश नं. १ को महिला टिम प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । शनिवार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा लुम्बीनी प्रदेशलाई १० विकेटले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश १४ ओभर एक बलमा मात्र ५२ रनमा अलआउट भयो । जम्मा ५३ रनको विजय लक्ष्य सहित जवाफमा आएको प्रदेश नं. १ ले ८ ओभर पाँच बलमा विना विकेटको क्षतीमा लक्ष्य पूरा गरेको थियो । यो जित सगै आईतवार उपाधीका लागि प्रदेश नं. १ को टिम विभागीय टिम एपीएफसँग भिड्नेछ ।

यसअघि पहिलो सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार दिउसो हुनेछ । प्रतियोगीताको विजेता टिमले नगद रु ५ लाख हात पार्नेछन् ।