नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

 तिमी महान् छौ

लेखक ः दिपक धमला

मेरो एक मुठ्ठी सास

यो एक सेकेन्डको जिन्दगी

कतै दुर

नितान्त एक्लो ठाँउमा

फुस्स्स्स गयो भने

तिम्रा ती हातका हत्केलाहरु

बेस्सरि सकसकाउछन होला हैरुरु

 

मेरो लाश

र तिम्रो सासको सम्बन्ध

कति अजिब छ।

यता मैले मेरो जीवनको

अन्तिम प्राणवायु लिदै गर्दा

तिमी उता आर्यघाटमा

पहेलो पिताम्बर

एक मुठ्ठी चामल

अँजुली पानी

शुद्ध घ्युमा भिजाएको बाती

एउटा सयपत्री फुलको माला

अनि अग्नि ज्वाला बोकेर

मेरो मृत शरिरलाई कुरिरहन्छौ होला हैरुरु

 

गाउँको भित्ताबाट उठेर

शहरका चौडा सडकहरुमा

तिम्रा आँसु र पसिना धेरै बगेका होलान

मैले आजसम्म जति हाँसेको छु

त्यो भन्दा धेरै तिमी रोएकी छौ होला

अनि

मैले कापिका पान्ना कोरेर

किताबका पान्ना चालेर

जति ज्ञान कमाए

त्यो भन्दा कयौगुणा बढी त

तिमिले पशुबत मृत्यु भोगिरहेका

लाशहरुलाई पल्टाएर

पुन्य कमायौ होला हैरुरु

 

तिमीलाई तिम्री आमाले

काखमा राखेर नानू लैलै……  लैलै भन्दै

जति गाँस लिटो खुवाउनु भयो

त्यो भन्दा लाखौ गुणा बढी गाँस

तिमिले ती ब्यबारिसे लाशहरुलाई

चितामा राखेर श्रद्धाञ्जली !!! भन्दै

घ्युमा मुछिएको

काचो चामल खुवायौ होला।

तिमिलाई आमाले

जति घुड्का दूध पिलाउनु भयो नि

त्यो भन्दा धेरै त तिमिले

सडकका लाशहरुलाई उठाएर

बागमतीको पानी पिलायौ होला हैरुरु

 

एउटा पुरुषत्व बिनाको

पुरुषभएर बाँचीरहेको छु

तिमी नारी भएर पनि

यस्तो मर्दांङ्गी देखाईरहेकी छौ

तिमीलाई सलाम छ

तिमी साच्चै महान छौ।

 

चिता पोल्दा पोल्दै कुनैदिन

तिमी थाक्छौ कि थाक्दिनौ होलार ?

तिमिले आफ्नै हातले धेरै चिता पोलेउ

तिम्रो चिता कुन हातले पोल्छ होला र ?

 

सायद त्यो दिन बाग्मतीको सबै गन्द हराएर

पानीमा निलो आकाश छर्लङ्ग देखिन्छ।

तिम्रो शरीर पोलेर निस्किएको धुवामा

गन्द हुदैन , मीठो वासना आउँछ।

सायद आगोले पनि सल्काउन मान्दैन होला

निस्केको धुवाको मुस्लोले

काठमाडौ लाई एक चक्कर लगाएर

सबैसँग भन्दो हो

“सुन ए लोक

म जाँदै छु

अब सडकमा कोहि नमर।”

 

जुन हातेले त्यो तिम्रो दैवरुपी

मृत कायामा अग्नि सल्काउन पाँउछ

त्यो साच्चै भाग्यमानी कहलिन्छ

सायद त्यो मान्छे जन्मिएको छैन

यो स्वार्थी लोकमा

त्यसैले

त्यो दिन नआओस

तिमी अमर रहन्छौ

अजर रहन्छौ,

किनकि यो पापी शहरमा अझै

धेरै लाछहरु सडकमा भेटिने छन

त्यसको पुन्यको भागिदार तिमी सिवाय

अरु हुनै सक्दैन

तिमिलाइ कालले छुनै सक्दैन

तिमिलाई सलाम छ

तिमी महान छौ ।

 

 

(साहित्यकार धमला जीवनज्योती माद्यमिक विद्यालय नेले वडा नं.   सोलुखुम्बुमा शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।)_

 

हाम्रो अनुरोध ः तपाईहरुसँग पनि यस्तै साहित्य सम्बन्धि लेख रचना छन् भने हामीलाई पठाउन सक्नुहुन्छ ।

हाम्रो ईमेल ठेगाना हो       [email protected]