नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

ओखलढुङ्गन्युज, पुष १४, २०७७ ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी नेकपा ओखलढुङ्गाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा ओखलढुङ्गामा प्रदर्शन गरेको छ । जिल्ला सदरमुकामको खाद्य गोदाम देखि सुरु भएको शक्ति प्रदर्शन विरोध ¥यालीले सदरमुकाम बजार परिक्रममा गर्दै जिविस चोकमा पुगेर ¥यालीको समापन गरेको थियो ।

¥याली सहित विभिन्न नाराका साथ नेकपा ओखलढुङ्गाका नेता तथा कार्यकर्ताहरुले बजार परिक्रमा गर्दा चोकचोकमा नेताहरुले सम्बोधन समेत गरेका थिए । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गरेको संसद विघटको विरुद्धमा चर्को नारा लगाएका कार्यकर्ताहरुले नाराका भाषालाई भने संयमता अपनाएका थिए । कोण सभालाई सम्बोधन गर्दै नेताहरुले अझै पनि केहि विग्रिनसकेको भन्दै संसद विघटनलाई फिर्ता गरि पार्टी एकतालाई कायमै राख्नका लागि आग्रह गरेका थिए । 

कोण सभालाई सम्बोधन गर्दै नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको कदमलाई कथित विघटनको संज्ञा दिएका थिए । आफ्नो पार्टी संसदमा दुई तिहाई बहुमतको नजिक रहदा पनि नागरिकको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेर नागरिकलाई धोका दिएको भन्दै तत्काल संसद पुनर्वहाली हुनुपर्ने बताएका थिए ।

अधिकांश बक्ताहरुको एउटै जोड थियो, ‘प्रधानमन्त्री ओलीले धोका दिनुभयो । नागरिकलाई धोका दिने अधिकार नेपालको संविधानमा समेत उल्लेख छैन भने ओलीलाई कसले अधिकार दियो ? अझै केही विग्रिएको छैन । संसद विघटन फिर्ता हुनुपर्छ । नागरिकले दिएको मतलाई सम्मान गर्नुपर्छ । नत्र ओलीको मृत्युपछि पनि लासलाई मृत्युदण्ड दिने लायकको समेत रहने छैनन् ।’

¥यालीमा आयोजित कोण सभालाई नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवार, नेकपाका स्थायी समितिका आमन्त्रीत सदस्य पेशल खतिवडा, प्रदेश सांसद एवम् जिल्ला कमिटिका अध्यक्ष मोहन कुमार खड्का हिमशिखर, संबिधान सभा सदस्य हर्कबोल राई, प्रदेश सदस्य बाबुराम गौतम लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरि नेकपाको ओखलढुङ्गाको ओली समूहले पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसद विघटन गरेको समर्थनमा पुष १९ गते ओखलढुङ्गामा शक्ति प्रदर्शन गर्ने जनाएको छ ।