नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पार्टी एकताको पक्षमा सतिसाल हुन सांसद सुनुवारको आग्रह

ओखलढुङ्गान्युज, पुष १४, २०७७ चिशंखुगढी जिल्लाको चिशंखुगढीमा नेकपाको पालिका स्तरिय प्रचण्ड–माधव समूहको भेला सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य एवम् ओखलढुङ्गा ईञ्चार्ज यज्ञराज सुनुवारको विशेष उपस्थितीमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागीहरुलाई ईञ्चार्ज सुनुवारले मानिसको परीक्षा संकटको बेला हुने बताउनुभयो । हाल नेकपामा केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले केही सनकको भरमा संसद विघटन गरेको बताउनुभयो । सनकको भरमा संसद विघटन गर्दा पार्टी समेत विघटनको संघारमा रहेकोले यो संकटको बेलामा पार्टीका नेता तथा कार्यकर्ताको परीक्षा हुने बताउनुभयो ।

पार्टीमा देखा परेको गम्भिर संकटको विरुद्धमा नेकपाका सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर लागि पर्न उहाँले आग्रह गर्नुभयो । संकटको बेलामा नेकपाको आम नेता तथा कार्यकर्ताहरु सतिसालको रुपमा प्रस्तुत हुन आग्रह समेत गर्नुभयो ।

भेलामा सहभागी भएका नेताहरुले पार्टीको केन्द्रमा केही नेताहरुको सनकको भरमा हुने गलत कृयाकलापहरु आफूहरुलाई मान्य नहुने बताएका थिए । नेपाली जनताले लामो समयदेखी देखेको सपना नेकपाको दुई तिहाई सरकारले पुरा गर्ने अपेक्षा गर्दैगर्दा त्यसको नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खोलीले अपमान गरेको भन्दै त्यसको सशक्त रुपमा प्रतिरोधमा उत्रन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् सघिय सांसद यज्ञराज सुनुवार, संविधान सभाका सदस्य एवम् प्रदेश सदस्य हर्कबोल राई, प्रदेश सदस्य बाबुराम गौतम, खड्ग योगी अनिल, जिल्ला कमिटि सदस्यहरु गुण कुमार राई, निशान्त शर्मा, हिमाल राई, मान बहादुर बस्नेत, नरेन्द्र बस्नेत लगायतले सम्बोधन गरेका थिए ।