नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश नं. १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

ओखलढुंगान्युज, पुष १२, २०७७ । विराटनगर । आईतवार प्रदेश नं. १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएका मुख्यमन्त्री शेरधनराईले शनिवार नै पदमुक्त गरेका अर्थमन्त्री ईन्द्र आङ्बोको प्रस्तावमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा प्रदेश नं. १ का ३७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेको भएपनि प्रचण्ड–माधव समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताएका छन् । प्रदेश १ मा ९३ सांसद मध्ये नेकपासँग मात्रै ६७ सांसद रहेका थिए । तर पार्टी विभाजनसँगै नेकपाका सांसद दुई गुटमा बाँडिदा प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् । उता मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।