नेपाली समय Loading...२०८२ जेष्ठ ७ मंगलवार

अख्तियारको स्थापना दिवसको अबसरमा निवन्ध लेखन प्रतियोगिता हुने

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस (माघ २८) को अबसर पारेर माद्यमिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरी कार्यक्षेत्र भित्रका जिल्लाका माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई समावेश गरि प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

निवन्ध लेखन प्रतियोगितामा माद्यमिक विद्यालय (कक्षा ११–१२) का विद्यार्थीहरुले सहभागीता जनाउन पाउनेछन् । निवन्ध लेखन प्रतियोगिताको शीर्षक ‘राष्ट्र निर्माणमा सदाचार र सुशासन’ रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार उक्त शीर्षकमा निवन्ध लेखन प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुले निवन्धलाई लेखेर विद्यार्थीको नाम, ठेगाना, कक्षा खुलाई हस्ताक्षर समेत गरि स्क्यानिङ कपि २०७७ पुष १५ गते भित्र कार्यालयको ठेगाना [email protected] मा उपलब्ध गराईसक्नु पर्ने बताउनुभयो । सदरमुकाम नजिकका विद्यार्थीले आफ्नो निवन्धलाई सिधा जिल्ला प्रशासन कार्यालयमा समेत बुझाउन सक्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरी कार्यक्षेत्र भित्रका जिल्लाहरुबाट प्राप्त भएका उत्कृष्ट निवन्धहरुको मूल्यांकन गरि प्रथम, दोश्रा, तेश्रा र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरिनेछ । उत्कृष्ट हुने विद्यार्थीहरुलाई क्रमश नगद रु. १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।