नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

एनसेलको  ‘दामी क्यासब्याक’ योजना

ओखलढुङ्गान्युज, पुष , २०७७ काठमाण्डौं दुरसञ्चार सेवा प्रदायक एनसेल कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा उक्त योजना ल्याएको जनाएको छ ।

एनसेलको यो योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएकोभन्दा बढी मेन ब्यालेन्स उपलब्ध गराउने जनाएको छ। यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्दा  कम्तीमा अहिले पाइने ४९.०२ रुपैयाँभन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्न सकिन्छ । त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तीमा ९८.०४ भन्दा बढी  १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् ।

यो योजना आइतबार (पुष ५) बाट लागू भएको छ र १५ दिनका लागि अर्थात पुष १९ गतेसम्म संचालनमा रहने एनसेलले जनाएको छ । योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ ।

कम्पनीका अनुसार ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा थप मेन ब्यालेन्सको लाभ लिन सकिने छ ।