नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि प्रदेश स्तरिय खेलाडी छनौट सुरु

ओखलढुङ्गान्युज, पुष ४, २०७७ । विराटनगर । झापामा प्रदेश स्तरिय खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नं. १ को झापामा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको  हो ।

प्रदेश स्तरिय छनौट प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)मा आवद्ध प्रदेश १ का १४ वटा जिल्लामध्ये झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर गरी पाँच वटा टिमले भाग लिएका छन् । ती जिल्लाबाट महिला र पुरुष गरी १० वटा टिमले सहभागिता जनाएका छन् । सोही टिमबाट महिला र पुरुष खेलाडी छनोट गरी प्रदेश १ स्तरीय टिम गठन गरिने झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापाले जानकारी दिनुभयो ।

छनोट प्रतियोगिता शुक्रबार देखि भद्रपुर नगरपालिकाको मेची रंगशाला, कनकाई नगरपालिकाको सुरुङ्गा र मेचीनगर नगरपालिकाको काँकडभिट्टामा एकैसाथ सञ्चालन भइरहेको छ। क्यानले पुस ११ देखि काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता गर्न लागेको छ।