नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ५६ संक्रमित

ओखलढुङ्गान्युज, मंशिर २४, २०७७ काठमाण्डौं बुधबार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६ जना कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनामा कोरोना परीक्षण गरिएकोमा १ हजार ५६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म भाईरस संक्रमणवाट मुक्त हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, झापामा २६, मोरङमा २३, डडेल्धुरामा २२, बाँकेमा २०, इलाम र बर्दियामा १५/१५, सुनसरी र रसुवामा १३/१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८/८, स्याङ्जा, दाङ र नवलपरासीमा ७र७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तैगरि धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६/६, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५/५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४/४, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३/३, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २/२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तैगरि प्रदेश नं १ मा बुधबार पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार पछिल्लो २४ घण्टामा ५ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।