नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शनिवार प्रदेश १ मा कोरोनाका ९२ संक्रमित थपिए

ओखलढुङ्गान्युज, मंसिर २०, २०७७ विराटनगर शनिवार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९२ जना कोरोनाका संक्रमितहरु थपिएका छन् । थपिनेहरुमा झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ ।

त्यसैगरि शनिवार पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा कोरोना संक्रमित १ सय ६८ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा २२ हजार ८ सय ९९ पुगेको छ ।

प्रदेश १ मा शनिवार पछिल्लो २४ घण्टामा ४ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । शनिवारसम्म प्रदेश नं. १ मा १ लाख ९५ हजार ३ सय ३१ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।