नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रिङ रोड र रेलवेको कामले चाडै गति लिन्छ ः मन्त्री घिमिरे

ओखलढुङ्गान्युज, मंसिर १६, २०७७ विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेलवेको कामले गति लिने बताउनु भएको छ । कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा शोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिमिरेले लामो समयदेखी अवरुद्ध भएको रिङ रोड र रेलवेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेका भनाई छ । मुआव्जाको विवाद समाधान तर्फ गएकोले चाडै रिङ रोड र रेल्वे सञ्चालनमा आउने उहाँको भनाई छ । रेलवे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले बताउनुभयो ।

कार्यक्रममा बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा मन्त्री घिमिरेले सांसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो ।