नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सुनकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण  

ओखलढुङ्गान्युज मंशिर १४, २०७७ सुनकोशी शनिवार सुनकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय परिचयपत्र भनेको के हो ? यसका फाईदाहरु, किन अनिवार्य लगायतका विषयमा अभिमुखीकरण गराईएको थियो । अभिमुखीकरण पश्चात चाडै नै सुनकोशी गाउँपालिकामा पनि राष्ट्रिय परिचयपत्र व्यबस्थापन सम्बन्धिका कार्यक्रमहरु सञ्चालन हुनेछन् । अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाले राष्ट्रिय परिचयपत्र दर्ताका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

अभिमुखीकरण सम्पन्न भएको लामो समय पश्चात पनि लिखु गाउँपालिकाले भने हालसम्म राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धिका कुनैपनि कामहरु अगाडी बढाएको छैन । जिल्लाको अधिकांश स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र केही स्थानीय तहमा भने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सुनकोशी गाउँपालिकामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि लगायत विभिन्न स्थानीय बुद्धिजिबी, राजनितिक दल, बिद्यालयका प्रधानाध्यापकहरु र सरोकारवालाहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रम पश्चात चाडै नै सुनकोशी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र व्यबस्थापन सम्बन्धि कार्यक्रमलाई अगाडी बढाईने गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभएको छ ।