नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

शनिवार ओखलढुङ्गामा थपिए कोरोनाका ६ संक्रमित

ओखलढुङ्गान्युज, मंशिर १३, २०७७ ओखलढुङ्गा शनिवार पछिल्लो २४ घण्टामा ओखलढुङ्गमा कोरोना भाईरसका संक्रमित फेला परेका छन् । शनिवार ओखलढुङ्गाका ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शनिवार नियमित प्रेस व्रिफिङ कार्यक्रमा मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो । शनिवार थपिएका ओखलढुङ्गाका ति छ जना कुन स्थानीय तहका हुन् भन्ने बारेमा भने केही खुलेको छैन ।

पछिल्लो केही दिन यता ओखलढुङ्गावाट कसैको पनि स्वाब संकलन गरि नपठाईएकोले कामको शिलशिलामा जिल्ला बाहिर रहनुभएको ओखलढुङ्गा स्थायी ठेगाना भएका नागरिक हुनसक्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार केही दिन यता ओखलढुङ्गावाट कसैको पनि स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको छैन । कामको शिलशिलामा जिल्ला बाहिर भएकाहरुले अर्कै जिल्लामा स्वाब संकलनका लागि दिदा र स्थायी ठेगाना भने ओखलढुङ्गा उल्लेख गर्दा यस्तो भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

केही दिन यता ओखलढुङ्गामा पिसिआर परीक्षणका लागि स्वाब संकलन हुन सकेको छैन । जिल्लावाटै स्वाब संकलन गरेर पठाएकाहरुमा कोरोना संक्रमण नदेखिएपनि कोरोना संक्रमणको जोखिम उतिकै रहेकोले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण रुपमा पालना गर्दै रहन प्रशासनले आग्रह गरेको छ ।

शनिवार ओखलढुङ्गाका ६ जना सँगै देशभर १ हजार ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन् । शनिवार पछिल्लो २४ घण्टामा नेपालमा १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै शनिवार पछिल्लो २४ घण्टामा ५ सय १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।